Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे 

काठमाडौँ । विन्दवासिनी गाउँपालिकाले विज्ञान विषयको शिक्षक सरुवा गरेको विरोधमा गाउँपालिका घेर्न पुगेका राधाकृष्ण चौरासिया माविका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेको छ । 

प्रहरीको कुटाइबाट १० जना भन्दा वढी विद्यार्थी घाइते भएका छन् । विद्यालयका विज्ञान शिक्षकलाई अन्तै सरुवा गरेपछि पढाइ प्रभावित भएको भन्दै आज विद्यार्थीले गाउँपालिका पुगेर घेराउ गरेका थिए । घेराउका क्रममा भएको प्रहरी हस्तक्षेपमा विद्यार्थीहरु घाइते भएका छन् । 

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले गाउँपालिका परिसरमा नाराबाजी गरेपछि शसस्त्र र नेपाल प्रहरीले हस्तक्षेप गरेको हो । 

विद्यार्थीले प्रर्दशन जारी राखेपछि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले विद्यार्थीसाग छलफल गरिरहेको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update