Odapalika - The Fourth Estate - चौथो अंग
दहचोकका सुरुङ पीडितलाई ४५ दिनमा क्षतिपूर्ति 

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग परियोजनाका कारण पीडित दहचोकका स्थानीयले ४५ दिन भित्र क्षतिपूर्ति पाउने भएका छन् । 

नागढुङ्गाा सुरुङ मार्ग परियोजनाको काम रोक्ने स्थानीयको चेतावनीपछि बसेको सर्वपक्षीय बैठकले पीडितलाई ४५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो । 

बैठकले, क्षति पुगेका घरहरुको क्षति एकिन गरी ४५ दिनसम्ममा राहत उपलब्ध गराउने, पानी र बाटोको सम्बन्धमा पीडितहरुलाई एक घर एक धारा, सुरुङ् मार्ग परियोजनाले उपलब्ध गराउने तथा डिपीआरको मापदण्ड सम्बन्धमा सुरुङमार्ग सुरु गर्दा कुन, कति, कसरी डिपीआर गरेको हो सो बारेमा सुरुङ् मार्ग परियोजना नागढुङ्गाले स्थानिय वासिन्दाहरुलाई जानकारी गराउने सहमति भएको छ । 

स्थानीय वासिन्दाहरुले ४५ दिन भित्र माग पुरा नभए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update