Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित 

जुम्ला । बहिष्कार गरेको खेल खेल्न गएको भन्दै जुम्लाको चन्दननाथ नगरपालिकास्थित चन्दननाथ माध्यमिक विद्यालयले १२ छात्रालाई विद्यालयबाट निष्कासन गरेको छ । जिल्ला फुटबल संघले आयोजना गरेको अन्तरविद्यालयस्तरीय अन्डर– १६ प्रतियोगिता विद्यालयले बहिष्कार गरेको थियो । 

विद्यालयको निर्णयविपरित खेलन पुगकेो भन्दै विद्यालयले एक वर्षका लागि खेलाडी विद्यार्थीलाई निष्काशन गरेको हो । 

गत १७ असोजमा भैरव माविविरुद्धको सेमिफाइनलमा चन्दननाथका छात्रले गोल गरे पनि रेफ्रीले अफसाइट निर्णय लिएको भन्दै विद्यालयले खेल बहिष्कार गरेको थियो ।

प्रधानाध्यापक टंकबहादुर महतका अनुसार विद्यालयको निर्णयको उल्लंघन गरेका कारण विद्यार्थी निष्काशन गरिएको हो । 

पक्षपात गरेकाले खेलमा छात्रछात्रा दुवै नपठाउने निर्णय भएकामा निर्देशन नमानेपछि एक शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको न्दननाथका प्रधानाध्यापक बताउँछन् । 

जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले खेल खेलाइएको र त्यही निहुँमा विद्यालयबाट निष्कासन गरेर विद्यार्थीमाथि अन्याय गरेको दाबी गरेका छन् । 

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत भने विद्यार्थीको पढ्न पाउने अधिकारमा हस्तक्षेप हुन नदिने बताउँदै यस विषयमा आफुले छलफल गरिरहेको बताएका छन् । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update