Odapalika - The Fourth Estate - चौथो अंग
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता 

गोरखा । बारपाक सुलिकोट गाउँपालिकालेले पालिकाका ज्येष्ठ नागरिकलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राही खुसी भएका छन् । बैंकसम्म धाएर भत्ता लिनुपर्ने सेवाग्राहीले अहिले आफ्नै टोलमा पालिका र बैंकका कर्मचारीको सहयोगमा भत्ता पाएका छन् । 

चाडबाड मनाउनका लागि सजिलो होस भनेरै  चालु आवको पहिलो चौमासिकअन्तर्गतका सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एक महिलालगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

barpak1696825856.jpg

बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले आइतबार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । 

गाउँपालिकाले वडाभित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न सुरु गरेको अध्यक्ष भट्टले बताए ।

सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न हैरानी खेप्नु परेको भन्दै गाउँपालिकाले बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update