Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक विद्यालयका स्थायी शिक्षकले बनाए बेग्लै संगठन, घिमिरे बने अध्यक्ष

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयका स्थायी शिक्षकले बेग्लै संगठन बनाएका छन् । प्रायः सबै राजनीतिक दल निकट शिक्षक संगठन भइरहेको समयमा प्राथमिकदेखि माध्यामिक तहसम्मका स्थायी शिक्षकहरुले बेग्लै संगठन निर्माण गरेका हुन् ।

विश्व शिक्षा दिवसको दिन सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुको अनलाइन भेला गरी नयाँ संगठन निर्माण गरिएको जानकारी दिइएको छ । नयाँ संगठनको नाम नेपाल स्थायी शिक्षक समाज राखिएको छ ।

समाजको अध्यक्ष बाबुराम घिमिरे छन् । यस्तै, महासचिवको जिम्मेवारी नानीराम संजेललाई दिइएको छ भने झम्कप्रसाद चौलागाई सल्लाहकार संयोजक छन् ।

भेलाले ३५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । सामुदायिक विद्यालय हेर्ने जिम्मेवारी संविधानले स्थानीय तहलाई दिएको छ । केही समयअघि संविधानको सोही व्यवस्था बमोजिम संघ सरकारले शिक्षा विधेयक तयार पार्दा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु संगठिन रुपमा आन्दोलित भएका थिए । उनीहरु संघीय सरकारको राजधानी काठमाडौँ पुगेर आन्दोलनमा सहभागी भएका थिए । 

शिक्षकहरुका धेरै मागहरुमध्ये आफूहरु स्थानीय तह अन्तरगत नबस्ने भन्ने पनि थियो । यद्यपि, संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमती भइसकेको छ । यही समयमा देशभरका सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु संगठन बनाएर एकजुट भएका हुन् । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update