Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास 

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि विश्वासिलो न्यायप्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

काठमाडौँ जिल्ला अदालतमा आज पारिवारिक इजलास सेवाको शुभारम्भ गर्दै उनले नेपालको इतिहासमै पहिलो पटक पारिवारिक इजलासको शुभारम्भ भएको भन्दै यसबाट महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला हुने बताए । 

उनले भने, ‘हाम्रो न्यायिक प्रक्रियामा यो पहिलो पटक नै हो । यसले विशेष गरेर महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला गर्न सक्छ । यसले महिलाहरुको लागि केही न केही विश्वासिलो न्याय प्रदान गर्न सक्छ भन्ने आश छ ।’

उनले यो एउटा प्रयास मात्रै भएको भन्दै यसबाट सकारात्मक नतिजा आए विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने अठोटका साथ लागेको बताए । 

उनले भने, ‘यो एउटा प्रयास मात्रै हो यसबाट सकारात्मक नतिजा आयो भने यसमा अरु पनि केही मुद्दाहरु थप्न सक्छौँ । महिलाहरुले अंश पाउन गाह्रो भएको अवस्थामा यो पारिवारिक इजलासले राम्रो काम गर्छ भन्ने लाग्छ । यसलाई विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने र यसलाई लागु गर्ने अठोट गरेका छाँै ।’

अंश, नाताकायम, घरेलु हिंसा सम्बन्धी मुद्धाहरु र बालबालिकाको हित सम्बन्धी जोडिएका मुद्धाहरुलाई एउटा पारिवारिक इजलासको नामबाट यसको शुभारम्भ गरेको भन्दै यसले पारिवारिक क्षेत्रमा बढि काम गर्ने उनको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update