Odapalika - The Fourth Estate - चौथो अंग
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला 

काठमाडौँ । उच्च अदातल पोखराले निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे ३ वर्ष कैद हुने फैसला गरेको छ । 

लागु औषधसम्वन्धि अभियोगमा मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गर्दै उनलाई कैद फैसला गरेको हो ।

आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको ३ वर्ष ६ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार रुपैयाँ जरिमानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए ।

जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए । 

गाउँपालिका अध्यक्ष घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तिलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update