Odapalika - The Fourth Estate - चौथो अंग
इजरायलमा मृत्यु भएकाको सम्झनामा भोलि राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत

काठमाडौँ । सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) राष्ट्रिय शोककाे घाेषणा गरेकाे छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले भोलि शाेककाे घाेषाणा गर्दै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । 

बैठकले नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते छन् । कतिपय नेपाली अझै उद्धारको पर्खाइमा छन् । 

*यसअघि शाेकमा सार्वजनिक बिदा दिने उल्लेख भएकामा सरकारले राष्ट्रिय शोककाे मात्र घाेषणा गरेकाे जनाएकाले समाचार सच्याएका छाैँ- सम्पादक

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update