Odapalika - The Fourth Estate - चौथो अंग
केही स्थानमा सामान्य बदली हँदा देशभर यस्तो छ आजको मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ भने, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ भने, राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update