Odapalika - The Fourth Estate - चौथो अंग
इजरायलमा मारिएकाको सम्झनामा आज राष्ट्रिय शोक, मृतकका परिवारलाई सुदूर सरकारको २ लाख राहत

काठमाडौँ ।  सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो । राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

उता, इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन्  ।

सोमबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update