Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, ५ वटा ड्रेड युनियनले भने- अति भो 

काठमाडौँ । संघीय निजामति विधेयक संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरी दमन भएको भन्दै राष्ट्रिय मान्यताप्राप्त ड्रेड युनियनहरुले आपत्ति जनाएका छन् । 

माइतीघरदेखि बानेश्वरसम्म भएको प्रर्दशनका क्रममा प्रहरीले दमन गरेको भन्दै उनीहरुले कर्मचारीका माग सम्बोधन गर्न र दम रोकी वार्तामार्फत समस्याको समाधान गर्न भनेका छन् । 

विभिन्न ५ वटा युनियनहरूले घटनाको निन्दा र भत्र्सना गर्दै घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका गोपाल प्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगनसिंह विष्ट र नेपाल मधेशी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।
 

tread-union1696928158.jpg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update