Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारका दसैँ योजनाः कतै होटललाई डण्डा, अधिकांशको अनुगमन फण्डा !

काठमाडौँ । हिन्दुहरुको चाड दसैँ नजिकिदै गएपछि स्थानीय सरकारहरु धमाधम दसैँ लक्षित सुरक्षा र सामाजिक योजना बनाउन जुटेका छन् । 

काठमाडौँलगायतका देशका सबै महानगरसहित अधिकांश शहरी क्षेत्रका स्थानीय सरकारले दसैँमा हुने कालोबजारी रोक्न भन्दै बजार अनुगमनलाई तिव्र पारेका छन् । 

संघीय सरकारले दसैँ लक्षित सुलभ पसल संचालनमा ल्याएपछि स्थानीय तहहरुले पनि दसैँ लक्षित खेल सप्ताहदेखि मदिरा बिक्री वितरण र होटल व्यवसाय संचालनको अस्थायी मापदण्ड बनाएका छन् । 

सिन्धुलीको मरिण गाउँपालिकाले पालिकाभित्रका होटलव्यवसायीलाई २५ असोजवाट अर्को सूचना जारी नभएसम्म बेलुकी १० बजेपछि होटल नखोल्न सार्वजनिक सुचना नै जारी गरको छ । काठमाडौंँका काँठका पालिकाहरु भने खेलकुद सप्ताह गर्ने, दसैँ मेला गर्न चाहने व्यवसायीलाई अनुमति दिने लगायतका काममा जुटेका छन् । 

कतिपय पालिकाले भने वडामार्फत दसैँ मनोरञ्जनका लागि पिङ हाल्न सहयोग गर्ने, दसैँ मेलाका लागि सहयोग गर्नेलगायतका योजना बनाएका छन् ।

राजमार्ग आसपासका पालिकाहरुले भने यात्रुहरुका लागि सुरक्षा संयन्त्रसँग मिलेर निगरानी र सहयोगका प्याकेज बनाउने बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update