
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका विभिन्न स्थानमा रहेका १२ वटा झोलुंगे पुलको रेखदेख गर्न १२ जना हेरालु नियुक्त गर्ने निर्णय गरेको छ ।
झोलुंगे पुलहरुको संरक्षण गर्न प्रत्येक हेरालुलाई वार्षिक ६ हजारका दरले पालिकाले नै भुक्तानी गर्ने गाउँकार्यपालिकाको निर्णयमा भनिएको छ ।
पालिकाभित्र वडा नम्बर १ मा ३ वटा, २ मा २ वटा, ३ र ४ नम्बर वडामा १–१ वटा र वडा नम्बर ५ मा ५ वटा झोलुंगे पुल छन् ।
पुल हेरालुका लागि वार्षिक ७२ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।
कार्यपालिका बैठकले पालिकाभित्रका वाटो मर्मतका लागि डोजर संचालन र व्यवस्थापनको जिम्मा भने उपाध्यक्ष शंकरमान घलानलाई जिम्मा दिएको जनाएको छ ।
कार्यपालिका बैठकबाटै निर्णय गराएर उपाध्यक्षलाई डोजर संचालनको जिम्मा दिएको पालिकाले तेल हालेर संचालन गर्न दिए दैनिक २ हजार ५०० र नहाली संचालन गर्न दिदा १ हजार २०० रुपैयाँ भाडा लिने निर्णय पनि गरेको छ ।
दसैँमा बजार अनुगमन गर्न उपाध्यक्ष घलानको संयोजकत्वमा समिति बनाएको पालिकाले पालिकामा ओभरटाइम काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ता दिने निर्णय गर्दै बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म कर्मचारीलाई काम लगाउने कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।