
काठमाडौँ । नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।
मतदान बुधबार बिहान ७ बजेदेखि मतदान शुरु भएको एमालेले जनाएको छ ।
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् । लामो सहमतिको प्रयास असफल भएपछि नेतृत्वमा आज मतदान हुन लागेको हो ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० ०७:५०
प्रतिक्रिया दिनुहोस्