Odapalika - The Fourth Estate - चौथो अंग
हरेक दिन वढ्छ तरकारी र फलफूलको भाउ 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीवारको तुलनामा गाजरको मूल्यमा १० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ११० रुपैयाँ रहेको गाजरको आज १२० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । 

काउलीको मूल्य भने आज स्थिर छ । बिहीवार ८० रुपैयाँमा किनबेच भएको काउली आजपनि सोही मूल्यमा विक्री भइरहेको छ । 

त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा ५ रुपैयाँ वृद्धि भएको छ । हिजो ३५ रुपैयाँ न्युनतम प्रतिकेजी मूल्यनिर्धारण गरेको समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ तोकेको छ । 

ठूलो गोलभेँडाको न्युनतम मूल्य स्थिर छ । आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४८ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । 

कालीमाटी बजार विकास समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ छ । 

यस्तै, घिउ सिमी लोकल ५०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमास कोशा ८०, तितो करेला ४०, लौका ६०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीदबिक्री भइरहेको छ । 

रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य छ ।

त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३४० पुगेको छ । कागती ११०, अनार ३८०,आँप मालदह १५०,अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update