Odapalika - The Fourth Estate - चौथो अंग
अत्यावश्यक कामसमेत रोकेर धर्नामा उत्रिए स्थानीय तहका कर्मचारी 

काठमाडौँ । संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन रत स्थानीय तहका कर्मचारीहरु अत्यावश्यक सेवासमेत ठप्प पारेर आनदोलनमा उत्रिएका छन् । 

सरकारले वार्ता आह्वान गर्दा आफूहरुको आन्दोलनलाई नजरअन्दाज गरेको भन्दै भन्दै वार्ता प्रक्रिया अस्वीकार गरेर आजबाट उनीहरु शसक्त आन्दोलनमा उत्रिएका छन् । 

काठमाडौँमा भेला भएका कर्मचारीले माइतीघरदेखि बानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शन जारी राख्दा देशभरका सबैजसो पालिकाहरु कार्यालय अघि काम छाडेर धर्नामा उत्रिउका छन् । 

जागरकोटको भेरी नगरपालिकाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन समेत रोकेर आन्दोलनमा उत्रिएको जनाएको छ भने अधिकांश पालिकाका कर्मचारलिे कर स.कलन र राजश्वको अनलाइन प्रणाली समेत बन्द गरेर आन्दोलनमा उत्रिएको जनाएका छन् । 

हरेक स्थानीय तहबाट आन्दोलनका लागि काठमाडौँ आउने क्रम जारी छ भने स्थानीय तहमा कार्यरत २ सय भन्दा वढी पालिकाहरुले आज कार्यालय अघि व्यानरसहित धर्ना दिइरहेको जनाएका छन् । 

आन्दोलनका कारण लेकबेसी नगरपालिका सुर्खेत, शुक्लाफाँटा नगरपालिका, कनकासुन्दरी गाउँपालिका जुम्ला, छत्रेश्वरी गाउापालिका सल्यान, माइ नगरपालिका इलाम, लेटाङ नगरपालिका मोरङ, गौमुल गाउँपालिका वाजुराका काम ठप्प छन् । 

खजुरा गाउँपालिका बाँकेले राजश्व सफ्टवेयर पनि निष्कृय पारेर आन्दोलनमा उत्रदा उत्तरगया गाउँपालिका रसुवा,  अर्जुनचौपारी गाउँपालिका स्याङजा,  ओमसतिया गाउँपालिका रुपन्देही, अर्जुनधारा नगरपालिका झापा, कपुरकोट गाउँपालिका सल्यान, वुद्धशान्ति गाउँपालिका झापाका कर्मचारपिनि कार्यालय परिसरमै आन्दोलनमा छन् । 

karmachari-andolan11697015434.jpg

सभापोखरी गाउँपालिका संखुवासभा, बराहताल गाउँपालिका सुर्खेत,  बिन्नि त्रिवेणी गाउँपालिका, भूमिकास्थान नगरपालिका अर्घाखाँची, पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुंग, कैलारी गाउँपालिका कैलाली,  कनकासुन्दरी गाउँपालिका जुम्ला,  छत्रेश्वरी गाउँपालिका सल्यान, मौवाखोला गाउँपालिका ताप्लेजुंग, ज्वालामुखी गाउँपालिका धादिङ कोटहिमाइ गाउँपालिका रुपन्देही, सानीभेरी गाउँपालिका रुकुम पश्चिम, सिरीजंघा गाउँपालिका ताप्लेजुंगले पनि काम रोकेका छन् । 

मालारानी गाउँपालिका, मन्थली नगरपालिका, परशुराम नगरपालिका सरुमारानी गाउँपालिका प्युठान, बटेश्वर गाउँपालिका धनुषा, तुलसीपुर नगरपालिका दाङ, रत्ननगर नगरपालिका चितवन, मायादेवी गाउँपालिका रुपन्देही, उर्लावारी नगरपालिका मोरङ, फिदिम नगरपालिका पाँचथर,  दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका खोटाङ, चौदण्डीगढी नगरपालिका उदयपुरका सबै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

उता उदयपुगढी गाउँपालिका, कावासोती नगरपालिका नवलपुर, विनय त्रिवेणी नगरपालिका नवलपरासी, मध्यबिन्दु नगरपालिका, शुक्लाफाँटा नगरपालिका कन्चनपुर, कोहलपुर नगरपालिका बाँके, राजापुर नगरपालिका दाङ, भीमसेनथापा गाउँपालिका गोरखालगायतका स्थानीय तहमा कमृचारलिे सबैखाले सेवा ठप्प पारेर आन्दोलन गरिरहेको जनाउका छन् । 

कर्मचारी आन्दोलन चर्कदै गएपछि यी पालिकाका प्रमुख प्रशासकीय अधिकृतले संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयका सचिवलाइृ पत्र लेख्दै कर्मचारीका माग सम्वोधन गरी पालिकाको काम सुचारु गर्ने वातावरण मिलाइदिन पत्राचार गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update