Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका कर्मचारीसँग व्यक्तिगत खातामा किन पैसा उठाइरहेका छन् दिपक गौतम ?

काठमाडौँ । संघीय निजामती सेवा विधेयकका केही प्रावधान विरुद्ध आन्दोलित स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतमको व्यक्तिगत खातामा रकम जम्मा गर्न थालिएको छ । आन्दोलनलाई थप प्रभावकारी बनाउन गौतमको निजी खातामा रकम जम्मा गर्न थालिएको हो ।

आन्दोलनरत कर्मचारीले गौतमको ग्लोबल आइएमई बैंकमा रहेको २६९०७०१०००३८१८ निजी खातामा रकम जम्मा गर्न देशभरका स्थानीय तहका कर्मचारीलाई आव्हान गरेका छन् । रकम जम्मा गर्न सहज होस भनेर आन्दोलनरत कर्मचारीले सो खाताको क्युआर पनि सार्वजनिक गरेका छन् ।

आन्दोलनरत एक कर्मचारी डिआर भण्डारीले आफ्नो फेसबुक वालमा गौतमको खातामा रकम जम्मा गर्न आव्हान गरेका छन् । उनले आन्दोलन सफल बनाउनको लागि रकम आवश्यक परेकोले जम्मा गर्न भनेका छन् ।

आन्दोलनको लागि आवश्यक रकम जुटाउन साथीभाइसँग अनुरोध गरिएको कर्मचारीहरुले बताएका छन् । गाैतम बर्दियाकाे गुलरिया नगरपालिकाकाे चाैथाे तहका कर्मचारी हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update