Odapalika - The Fourth Estate - चौथो अंग
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व

काठमाडाैँ । खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका दीक्षित केन्द्रका संस्थापक पनि हुन् । साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बु र महासचिवमा रामेश्वर बोहरा चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरुमा कृष्ण ज्ञवाली, विद्या राई र नविन झा चयन भएका छन् । दुई सदस्य कार्यसमितिले मनोनीत गर्ने महासचिव रामेश्वर बोहोराले जानकारी गराए । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update