Odapalika - The Fourth Estate - चौथो अंग
आन्दोलनरत स्थानीय तहका कर्मचारी संघीय सरकारसँग वार्ता गर्न सिंहदरबार गए

काठमाडौँ । विगत ११ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारी र संघीय सरकारबीच अनौपचारिक वार्ता सुरु भएको छ ।

संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा विगत ११ दिनदेखि काठमाडौँमा आन्दोलन भइरहेको थियो । संघीय सरकारले आफूहरुका मागका विषयमा छलफल गर्न बोलाएको अहिले वार्ताका लागि सिंहदरबार जान लागेको समितिका संयोजक दीपक गौतमले जानकारी दिए ।

‘हाम्रा केही मागका विषयमा संघीय सरकारलाई कन्फ्युजन रहेछ । ती कन्फ्युजनका बारेमा स्पष्ट पारौं भन्ने हिसावले मन्त्रालय (संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय) बाट बोलावट भएको छ । हामी ती विषयमा अनौपचारिक छलफलको लागि सिंहदरबार जादैछौं,’ संयोजक गौतमले वडापालिकासँग भने ।

कर्मचारीको आन्दोलनका कारण स्थानीय तहबाट हुने सबै प्रकारका सेवा प्रवाह रोकिएको छ । कर्मचारीहरुले अहिले पेन डाउन गरेर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update