Odapalika - The Fourth Estate - चौथो अंग
आजको दिनः धनुको भाग्य चम्किदा कन्या र तुलालाई धनलाभ

आजको पञ्चाङ्ग 

तिथिः कृष्ण त्रयोदशी  (बेलुका १९ः४२ बजेसम्म) पछि चतुर्दशी, नक्षत्र: पू.फा., करणः गर, चन्द्रराशिः सिंह (१९ः १८ बजेसम्म पछि कन्या), सूर्योदयः ६ः०२,    सूर्यास्तः १७ः३७, दिनमानः २८ः ५६ घडी, राहुकालः दिनको १ः ३० देखि ३ः ०० बजेसम्म ।

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईँको तर्कको अगाडि सबै नतमस्तक हुनेछन् । छोराछोरीको प्रगति सुन्नु पर्नेछ । आजको घुमफिर र किनमेलले दिन अर्थपूर्ण होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आज मित्र मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्यमा आएको समस्यामा सुधार हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

आज बन्धुवर्गसँग दिन बित्नेछ । पराक्रम बढ्नेछ । कतै पाहुना भएर जाने अवसर मिल्नेछ ।  

कर्कट ( हि हु हे हो डा डि डु डे डो)

अप्रत्यासित लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । कुनै गुमेको सामान पाउने सम्भावना बढी देखिन्छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न सफल हुनुहुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

अचानक अप्रिय खबर सुनेर मन चिन्तित होला । अत्याधिक खर्च हुने देखिन्छ । काम गरेको ठाउँमा पनि जस पाउने सम्भावना छैन । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको कार्यको सिद्धि प्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको सम्मान भने गर्नेछन् ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

जीवन साथीको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । धर्मप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

नजिकको मित्रसँग विवाद पर्नसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइले मन एकोहोरो हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

परिवारका साथ मनोरञ्जनमा दिन बित्नेछ । नयाँ कार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन शत्रुहरुबाट जोगिनु पर्नेछ । शरीरमा चोटपटक लाग्न सक्छ । नयाँ सामानको खरिद भने गर्नुहुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update