काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले विश्व दृष्टि दिवसको अवसर पारेर २ दिन निःशुल्क आँखा जाँच शिविर संचालन गर्दैछ ।
आज र भोलि चल्ने शिविरमा महानगरपालिकाले जनप्रतिनिधि, स्वास्थयकर्मी, स्वयंसेविका, पत्रकारलगायत पेशा र राजनीतिकर्मीका लागि सेवा दिने जनाएको छ ।
२ हजार जनाको आँखा परीक्षण गर्न भनेको महानगरले आज जनप्रतिनिधि र पत्रकारका लागि आँखा जाँचको समय छ्ट्याएको छ भने भोलि कर्मचारी र स्वास्थ्यकर्मीको आँखा परीक्षण गर्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० ०७:५२
प्रतिक्रिया दिनुहोस्