Odapalika - The Fourth Estate - चौथो अंग
बझाङमा फेरि गयो भूकम्प, ९ दिनमा १६ पटक हल्लायो  

काठमाडौं । बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।  

त्रसित जनसमुदाय गएराति गएको भुकम्पले झनै भयभीत बनाएको छ ।  यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको थियो । 

सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको छ भने करोडौंँको भौतिक क्षति भएको छ । गत १६ असाेजयता मात्र ४ म्याग्निच्युटभन्दा माथिका १६ वटा भुकम्पकाे धक्का मापन गरिएकाे राष्टिय भुकम्प मापन केन्द्रले जनाएकाे छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update