Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह कर्मचारी आन्दोलनः  काम गर्नेलाई ५ हजार, धर्ना नबस्नेलाई २ हजार जरिमाना !

काठमाडौंँ । संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आजपनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् । 

काठमाडौँमा धर्ना र जुलुस जारी राखेका कर्मचारीले स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काठ ठप्प पारेर प्रर्दशन गरिरहेका छन् । 

आन्दोलनलाई प्रभावकारी बनाउन भन्दै काठमाडौँमा भेला भएका कर्मचारीहरु सरकारसँग अनौपचारिक वार्ता गरिरहेका बेला स्थानीय तहहरुले भने आन्दोलनमा अनाउने र पालिकामा बसेर काम गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरणसहित जरिमाना तोक्न थालेका छन् । 

कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीले बिहान साढे १० बजे कार्यालयमा उपस्थित भएर धर्नामा बस्न आग्रह गर्दै धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय नै गरेको छ । 

कांग्रेस, एमाले र माओवादी निकट कर्मचारीहरुले काम रोकेर थालिएको आन्दोलनमा असन्तुष्टि जनाउँदै सरकारसँग एकतर्फी वार्ता गरेको भन्दै स्थानीय तह केन्द्रीय संघर्ष समितिको व्यानरमा देशव्यापी आन्दोलन जारी छ । 

संघर्ष समितिको व्यानरमा आन्दोलन गरिरहेका कर्मचारीले दलीय आस्था राख्ने कर्मचारीले आन्दोलनमा आउन आनाकानी गरेको भन्दै जरिमाना तोक्ने विधि अपनाएका छन् । 

संघर्ष समितिका संयोजक दिपक गौतमकाअनुसार आजपनि काठमाडौँसहित देशभर आन्दोलन जारी रहनेछ भने प्रदर्शनका लागि पालिकाबाट कर्मचारीहरु काठमाडौँ आउने क्रम जारी छ । 

kalauri11697080902.jpg

kalauri1697080902.jpg

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update