Odapalika - The Fourth Estate - चौथो अंग
सामूहिक विदा मागेर आन्दोलनमा होमिए स्थानीय तहका कर्मचारी 

काठमाडौंँ । संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आजपनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् । 

आन्दोलनमा ऐक्यवद्धता जनाउन नवलपरासीको गैँडाकोट नगरपालिकाका १३ जना कर्मचारीले सामुहिक बिदा लिएका छन् । 

उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन लेख्दै आज र भोलिका लागि विदा लेखेर आन्दोलनलाई निष्कर्षमा लैजान संघर्षमा होमिने जानकारी दिएका छन् । पत्रमा उनीहरुले भैपरी विादबाट कट्टी हुने गरी विदा दिन भनेका छन् । अधिकृत, इन्जिनिरयदेखि वडा सहायकसम्मका कर्मचारीले सामुहिक विदा मागेर आन्दोलनमा होमिएको जनाएका छन् । 

काठमाडौँमा धर्ना र जुलुस जारी राखेका कर्मचारीले स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काठ ठप्प पारेर प्रर्दशन गरिरहेका छन् । 

आन्दोलनलाई प्रभावकारी बनाउन भन्दै काठमाडौँमा भेला भएका कर्मचारीहरु सरकारसँग अनौपचारिक वार्ता गरिरहेका बेला स्थानीय तहहरुले भने आन्दोलनमा अनाउने र पालिकामा बसेर काम गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरणसहित जरिमाना तोक्न थालेका छन् । 

कैलालीको कैलारी गाउँपालिकाका कर्मचारीले बिहान साढे १० बजे कार्यालयमा उपस्थित भएर धर्नामा बस्न आग्रह गर्दै धर्नामा अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसहित २ हजार र धर्नामा बस्न अटेर गरेर पालिकामा बसेर काम गर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिमाना गर्ने लिखित निर्णय नै गरेको छ । 

bida1697081872.jpg

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update