Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले थाल्यो आन्दोलनरत कर्मचारीसँग औपचारिक वार्ता 

काठमाडौँ । संघीय निजामति सेवा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत कर्मचारी र सरकारबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा वार्ता सुरु भएको छ । 

आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमल भट्टराईको संयोजकत्वमा गठित ४ सदस्यीय वार्ता समिति र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको स्थानीय तह कर्मचारी संंघर्ष समितिका  संयोजक दिपक गौतमले जानकारी दिए । 

barta1697109826.jpg

आन्दोलनरत पषले सरकारालई आफ्ना माग बुझाइसकेको छ भने सरकारसँग सथनीय तहमा कार्यरत विभिन्न ट्रेड युनियनका प्रतिनिधिले पनि वार्ता जारी राखेका छन् । 

सरकारी वार्ता समितिमा मन्त्रालयका सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई छन् भने संघर्ष समितिका तर्फबाट अध्यक्ष महासचिवलगायत सहभागी छन् । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update