Odapalika - The Fourth Estate - चौथो अंग
मझधारमा कोशीको राजनीतिः कसलाई मुख्यमन्त्री बनाउलान् प्रदेश प्रमुखले ? 

काठमाडाैँ । नेपाली कांग्रेसका २ जना सांसदले बहुमत सदस्यको दावी गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समस्यामा परेका छन् । 

कांग्रेस सांसद केदार कार्कीले कांग्रेसका ९ जनासहित एमालेका सवै सांसदको बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् भने नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्वोले केन्द्रीय सत्ता गठवन्धन धदको निर्णयसमेत उल्लेख गरेर बहुमत सांसदसहित मुख्यमन्त्रीमा दाबी गरेको बताएका छन् । 

दुबै पक्षले बहुमत सदस्य दाबी गर्दै हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङले आज कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय लिदैछन् । 

मुख्यमन्त्रीका लागि दाबी पेश गरेका माओवादीका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।

सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले अवसर सदुपयोग गरेको कार्कीले बताए ।

उनले कांग्रेसका ९ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् ।

यसैबीच, सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास आफूले लिएको बताएका छन् ।

मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश प्रमुखले संवैधानिक र कानुनी रुपमा विज्ञहरुसँग परामर्श गरेर निकास निकाल्ने विश्वास आफूले लिएको बताएका हुन् ।

 कोशीको संसदमा प्रतिनिधित्व गनेै अर्को दल राप्रपाले भने अहिलेसम्म कसलाइृ समर्थन भन्ने मुख खोलेको छैन । कांग्रेसका नेताहरुले २ खेमामा बाँढिएपछि प्रदेश प्रमुखले आधिकारिक हस्ताक्षर कसका पक्षमा छ भनेर परीक्षण त गर्नुपर्ने भएको छ नै कानुनविद्हरुको राय पनि सुन्ने बताएका छन् । 

एमालेका सबै सांसदसँग मिलेर कांग्रेस शेखर कोइराला पक्षका सांसदले बेग्लै दाबी गरेपछि सो पार्टीभित्र अब के गर्ने भन्ने समस्या निम्तिएको छ भने सत्ताको दाबी गरकोे माओवादी केन्द्रले भने कांग्रेसले दोहारो खेल खेलेको भनदै अुनतुष्टि जनाएको छ । यद्यपि मुख्यमन्त्रीको दाबी गरेको र प्रदेश प्मुखले निर्णय लिइनसकेको अवस्था भन्दै सो पार्टीका नेताहरु औपचारिक रुपमा कांग्रेसको दोहोरो चरित्रविरुद्ध मुख खोलन नसकिरहेको दाबी गर्छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update