Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीसँग आज पनि वार्ता, मागमा मन्त्रालय सकारात्मक 

काठमाडौँ । संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका र कर्मचारी र सरकारबीचको बार्ता सकारात्मक बनेको दुबै पक्षले दाबी गरेका छन् । 

बिहीबारबाट सुरु भएको वार्ता आज कार्यालय खुलेपछि अर्थात १० बजेवाट पुनः संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्ने भएको छ । 

आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दिपक गौतमका अनुसार हिजोको वार्तामा एजेण्डा पेश गर्ने देखि लिएर वुँदागत रुपमा छलफल सुरु भएको छ । आज पुन बसेर थप छलफलसहित निष्कर्षमा पुग्ने प्रयास भइरहेको उनले बताए । 

वार्ता जारी रहेका कारण घोषित आन्दोलनका कार्यक्रमपनि जारी रहने उनको भनाइ छ । वार्तामा स्थानीय तहका कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरुसमेत सहभागी छन् । 

वार्ता सकारात्मक रुपले अघि वढेको भन्दै शुक्रवार नै समस्याको समाधान गर्ने प्रयास गरिरहेको मन्त्रालयका तर्फबाट गठित बार्ता टोलीका सदस्यहरुले बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update