Odapalika - The Fourth Estate - चौथो अंग
सांसदलाई लाग्यो दसैँ, प्रतिनिधिसभा बैठक अब पूर्णिमा पछि 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आजको बैठकले विद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ भने विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ । 

थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update