Odapalika - The Fourth Estate - चौथो अंग
अधिकृतले अन्तर्वार्ता स्थगित गरेपछि कावासोतीका मेयरले भनेः आन्दोलन छाडेर काममा फर्कनू 

काठमाडौँ । संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले सेवा प्रवाह ठप्प पारेको भन्दै नवलपरासीको कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुषालले काममा फर्कन निर्देशन दिएका छन् । 

आज उनले विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण सर्वसाधारणको सेवा प्रवाहमा असर परेको भन्दै कर्मचारीलाई काममा फर्कन निर्देशन दिएका छन् । 

पालिकाको विकास निर्माण रकम भुक्तानी घटना दर्तालगायतका काममा असर परेको भन्दै उनले काममा फर्कन निर्देशन दिएका हुन् । 

पालिकाका कर्मचारीहरु भने कार्यालयमा धर्नामा बसेका छन् । कर्मचारीले आन्दोलन थालेपछि प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाले लिने भएको पशु चिकित्सक, अमिन  र सर्वेक्षकको मौखिक परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए । 

प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले २४ देखि २६ असोजसम्मका लागि निर्धारण गरिएको परीक्षालाई गत २१ असोजमै सूचना प्रकाशित गरी स्थगित गरेका थिए । 

कर्मचारी आन्दोलनमा एक्यवद्धता जनाउदै कर्मचारी भर्ना प्रक्रिया रोकेको भन्दै मेयरले कर्मचारीलाई काममा फर्कन निर्देशन दिएका हुन् । 

391680423_630467009258265_3132595263445482573_n1697195513.jpg

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update