Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषशास्त्र अनुसार यसरी बित्नेछ तपाइँको आजको दिन 

आजको पञ्चाङ्ग 

तिथिः औंसी, नक्षत्रः हस्ता, करणः चतुष्पद,चन्द्रराशिः कन्या, सूर्योदयः ६ः०३, सूर्यास्तः १७ः३५, दिनमानः २८ः४८ घडी, राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म ।

तपाइँँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज शुरुमा काममा अवरोध हुनसक्छ । मध्यान्नदेखि समयले साथ दिनेछ । रमाइलो भेटघाट हुनेछ । परिवारको सफलताले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज स्वास्थ्यमा समस्या आउनेछ । साथीहरुसँग बिछोडिनु पर्नेछ । शत्रुको कारण बढी खर्च होला ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज शुभ दिन हुनेछ । सन्तान सुख पाउनु हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

यात्राको कारण शरीर थकित तथा आलस्य हुनेछ । गरेको कामबाट प्रशंसा पाइनेछ । भेटघाटको अवसर जुर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज गरेको कामको जस पाइनेछ । धन प्राप्त होला । लेनदेनको कारण सामान्य तनाव लिनुपर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईँको खर्चिलो दिन हुनेछ । गरेको कामबाट बिग्रने सम्भावना देखिन्छ । नमिठो समाचारले मन खिन्न होला ।  

धनु (ये यो भा भि भु ध फा ढा भे)

सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । धर्मतिर मन जानेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

कामले सफलता पाउनेछ । भेटघाट र रमाइलोमा दिन बित्नेछ । सोचविचार गरेर मात्र काम गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

उपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । भाग्यले पूरै साथ दिनेछ ।  

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज त्यति अनुकूल समय छैन । धेरैसँग विवाद हुनसक्छ । पराक्रम घट्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वास्थ्यमा गडबढी हुनेछ ।

                

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update