Odapalika - The Fourth Estate - चौथो अंग
दिनभर घाम लाग्दा यस्तो छ रात्रिकालीन मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहनेछ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

आज राति देशको पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update