Odapalika - The Fourth Estate - चौथो अंग
सकियो पितृपक्ष, भोलिबाट दसैँ सुरु 

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ । 

सोह्रश्राद्ध आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन औँसी श्राद्ध गरी यसको समागन गरिँदै छ । 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्झिएर सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । यो वर्ष साउनमा अधिकमास परेकोले पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने पञ्चांङ्ग निर्णयक समितिले जनाएको छ । 

यो सँगै आइतबारबाट दुर्गा पक्षको आरम्भ हुन्छ । नौ दिनसम्म नव दुर्गाको पूजा आरधना गरी नवरात्री मनाइँन्छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update