Odapalika - The Fourth Estate - चौथो अंग
सिंहको खर्च वढ्दा कन्याको रमाइलो दिन, अन्य राशिका यस्तो छ लक्षण 

आजको पञ्चाङ्ग 

तिथि: प्रतिपदा, नक्षत्रः चित्रा, करणः किंष्तुग्न, चन्द्रराशिः तुला, सूर्योदयः ६ः०४, सूर्यास्तः १७ः ३४, दिनमानः २८ः४४ घटी, राहुकालः बेलुकाः ४ः३० देखि ६ः०० बजेसम्म । 

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज परिवारसम्बन्धी जमघट हुनेछ । आफ्नो बुद्धिले कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । श्रीमान् श्रीमतीबीच भने मतभेद होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज तपाईँको शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिनेदिने काममा सतर्कता अपनाउनुहोला ।  यात्रा भने केही कष्टकर होला । 

मिथुन (का कि कु घ ङ छ के को ह)

सन्ततिको खुसीले आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेको छ । आयआर्जन राम्रो होला । शारीरिक थकान भने हुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईँको आज किनमेलमा समय जानेछ । आमाबुबाको सुझाव उपयोगी सिद्ध हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

बन्धुवर्गले तनाव देलान । आज खर्चिलो दिन होला । बसेको स्थान छोड्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज तपाईँको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन शरीरमा स्फुर्ति, काममा जाँगर आउँनेछ । सुखद अनि परिवारिक यात्रा हुनेछ । धनागमनको योग छ ।   

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको संघर्षमय रहनेछ । शत्रुहरु जुर्मुराउनेछन् । सोचेभन्दा बढी खर्च हुने देखिन्छ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आजको दिन तपाईँको लाभमय छ । कसैसँग उठ्न बाँकी रकम आउनसक्छ । अरुलाइँ तर्कले परास्त गर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज भाग्योदयको दिन रहनेछ । गरेको कामबाट अपेक्षित सफलता पाइनेछ । धर्मतिर मन जानेछ । मान सम्मान पाइएला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

शारीरिक दुःख हुनेछ । चोटपटकको सम्भावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । तपाईँको मनमा  अनावश्यक कुरा खेल्नेछन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update