Odapalika - The Fourth Estate - चौथो अंग
नेपालभरका वडाबीच टेबलटेनिस प्रतियोगिता हुने 

काठमाडौँ । तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता कात्तिक १ गतेदेखि सुरु हुने भएको छ ।  स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा हुन लागेको प्रतियोगितामा ४५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ । 

प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा हुने आयोजक स्पिनइभेन्ट प्रालिका सचिव ज्याकी महर्जनले बताए । पुरुष र महिला सिंगल्स र टिम, यु–१६ ब्वाइजव र गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा प्रतियोगिता हुने छ । 

प्रतियोगितालाई खेल प्रेमी सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् । टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले बताए । 

प्रतियोगितामा  पुरुष र महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । यी बाहेका अरुमा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोेले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका छन् । आधिकारिक बल पार्टनरमा डीएचएस तथा पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स छन् । 

अखिल नेपाल टेबलटेनिस संघको संयोजकत्वमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी गराएको छ । 

चारदिने प्रतियोगिताका सबै खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराँतेको हलमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update