Odapalika - The Fourth Estate - चौथो अंग
एमालेका सांसदलाई समेत मन्त्री बनाएर सपथ लिए कोसीका मुख्यमन्त्री कार्कीले 

काठमाडौँ ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका छन् ।

कार्कीसँगै एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । 

राना एमाले कोशी संसदीय दलका उपनेता हुन् भने राई कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका नेता हुन् । एमालेले  दुई जनालाई शपथ गराउन भनेपनि कुरा मिलिनसकेको भन्दै दुवै तफृका एकएकजनालाई मात्र सपथ गराइएको हो । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update