Odapalika - The Fourth Estate - चौथो अंग
वृषलाई शत्रु बाधा, मिथुनको धन बचत, अन्य राशिलाई के ? 

आजको पञ्चाङ्ग 

तिथि: द्धितीया, नक्षत्रः स्वाती, करणः बालब, चन्द्रराशिः तुला, सूर्योदयः ६ः०५,सूर्यास्तः १७ः३३,     दिनमान : २८ः४० घटी, राहुकालः बिहान  ०७:३० देखि ०९:०० बजेसम्म । 

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आवश्यक ठाउँमा धन खर्च हुनेछ । परिवारका सााथ नयाँ कार्यको थालनी होला । प्रिय खबर सुन्नुपर्ला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको कार्यमा शत्रुले बाधा दिन सक्छन् सतर्क रहनु पर्नेछ । कुटुम्बको भने सहयोग पाइएला । स्वास्थ्य भने कमजोर रहनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आज धनको बचत हुनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम भइनेछ । कुटुम्बको साथ पाउनुहुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

सन्तानको खुसीले मन आनन्दित रहनेछ । मिठो खाने, रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक कार्यको सबैले प्रशंसा गर्नेछन् । आजको दिन आय र खर्च बराबर नै रहला । 

सिंह (मा मि मु मे मो टा टि टु)

आजको दिन योग्यताको राम्रो प्रदर्शन हुनेछ । तपाईँको परक्रमले शत्रुको मनोबल घट्नेछ । धैर्य र साहसले काम गर्नुपर्ला  । धनको भने व्यय हुनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पो)

अचानक धनप्राप्ति हुनेछ । अप्रत्यासित तपाईँको लागि उपहार मिल्न सक्छ । सुखद र उपलब्धिपूर्ण यात्रा हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

सम्पूर्ण परिवारका साथ आजको दिन बित्नेछ । मान सम्मान पाउनुहोला । यात्रा तथा भेटघाटले तपाईँमा उर्जा देखिनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन तपाईँको भाग्यले साथ नदेला । धेरै परिश्रमले पनि उपलब्धि खासै नहोला । काम गर्ने जोश जाँगर घट्नेछ । खर्च बबाल होला ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

तपाईँको आज धनलाभको योग छ । आवश्यक ठाउँमा मन खोलेर खर्च गर्न पाइनेछ । स्वास्थ्यले पनि साथ दिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईँका ज्ञान र बुद्धिले गरेको कर्मको प्रशंसा गर्नेछन् । घरायसी कार्यमा सरिक हुन पाइएला । आफन्तसँगको सामिप्यले मन रमाउनेछ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा)

तपाईँको भाग्यले आजका कार्य सफल हुनेछन् । गरेका कामको प्रशंसा हुनेछ । घुमफिरमा रमाउँदै समय बित्नेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

थालेको कामले पूर्णता पाउन कठिन हुनेछ । स्वास्थ्यले पनि साथ नदेला । कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनुपर्ला । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update