Odapalika - The Fourth Estate - चौथो अंग
मौसम बाहिरियो, टर्‍याे हिले दसैँ 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । 

सोमबार दिउँसोे लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली हुने र बाँंकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । 

सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा आज मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा हुने छ। सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज रातीसुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

सुदूर–पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन हिजो रातिबाट पूर्णरुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मिति भन्दा दुईसाता ढिलो गरि बाहिरिएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update