Odapalika - The Fourth Estate - चौथो अंग
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य 

काठमाडौँ । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ । 

नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ । 

परवलमा १०, मकै बोडी १०, भन्टामा ५, काउलीमा प्रतिकेजी १०, काँक्रोमा १० रुपैयाँ  घट्दा रातो मूलामा १० रुपैयाँ, तने बोडीमा १०, मटरकोसामा ५०, घिउ सिमी १०, कन्ये च्याउ ५०, राजमा सिमीमा ३०, भटमासकोसा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ । 

यस्तै, भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ रसानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ । 

यस्तै, आलु रातो ६० रुपैयाँ, सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ । 

आज प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०, स्थानीय काउली ९०, रातो मूला ७०, लोकल सेतो मूला ३०, भन्टा लाम्चो ३५, तने बोडी ११०, मकै बोडी ८०, मटरकोशा २००, घिउ सिमी ५०, राजमा सिमी २२०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ६०, परवल ६०, घिरौँला ९०, फर्सी पाकेको ४०, हरियो फर्सी ५०, भिन्डी ७०, बरेला ७०, रायो साग ८०, तोरीको साग ४०, कन्ये च्याउ १५०, डल्ले च्याउ ४००, कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । 

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ । केरा १४०, कागती १२०, अनार ४००, कालो अंगुर ४००, सुन्तला भारतीय १३०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ६०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ । 

उता निगमले भने आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्यप्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update