Odapalika - The Fourth Estate - चौथो अंग
नख्खु बीले जित्यो दसैँ खसी कप

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २ को मुख्य सहयोगमा सम्पन्न तेस्रो दशैं खसी कप नख्खु बीले हात पारेको छ । झमेल रक्स, झम्सिखेलद्वारा घटस्थापनाका दिन आयोजना गरिएको खसी कपको पहिलो सेमिफाईनलमा नख्खु बीले सरस्वती युवा परिवार, युलाखेललाई हराएर  फाइनल पुगेको हो  ।

दोस्रो सेमिफाइनलमा नख्खु एले फिल्ड फुटसल, सानेपालाई हराएर फाइनल पुगेको हो । फाईनलमा नख्खु बीले नख्खु ९ एलाई हराएर प्रथम भएको हो ।

कार्यक्रमका विजयीहरुलाई प्रमुख अतिथि लपुमनपा २ नम्बर वडाका अध्यक्ष राजेश कुमार महर्जनले खसी हस्तान्तरण गरे । वडा सदस्यहरु सुजिता नेपाली, अनिता बिष्ट, वडाका सल्लाहकारहरु चिरञ्जीवी बिष्ट, कपिल घिमिरे, मनोज गिरि, प्रहरी प्रभाग सानेपाका प्रहरी निरिक्षक पुरुषोतम कार्की, नेप्सेम्याक सेवा प्रालिका लक्ष्मीप्रसाद गेलाल, सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दान बहादुर थापा मगर लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गरे । 

करिब ९ घण्टा सम्म चलेको खेलमा १९ टिमले खसी र बोका अनि नगद पुरस्कार प्राप्त गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष महर्जनले खेलाडीहरु बिदेश पलायन हुनु अत्यन्तै दुखद भएको बताउँदै खेलाडीहरुले देशमै जीवन गुजारा गर्न सक्ने गरी ३ वटै तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए ।
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update