Odapalika - The Fourth Estate - चौथो अंग
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दैराष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेकोे हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । ५, १०, २०, ५० रसय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update