Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा दिनभर पानी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 

हाल देशभर मौसम आंशिकदेखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज राती देशभर मौसम आंशिकदेखि सामान्यबदली रहनेछ । 

सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथाबाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update