Odapalika - The Fourth Estate - चौथो अंग
दुल्लु नगरपालिका र सिंजा गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित 

काठमाडौँ ।  दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिए ।

‘दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको निर्णय भएको छ,’ उनले भने । 

कला सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामूहिक पहलसम्बन्धी सिंजा खस भाषाको जन्मथलोसमेत रहेको सिंजासँग भगिनी स्थापना हुनु गौरवको विषय बनेको दुल्लुका नगर प्रमुख रिजालको भनाइ छ ।

दुल्लु नगरपालिका जनप्रतिनिधिलाई ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तोसमेत दिएको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिइन् । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update