Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाले १०१४ रुपैयाँ दिदा एकजना श्रमिकले पाउनेछन् मासिक ४५ हजार ५ सय पेन्सन

काठमाडौँ । स्थानीय सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको लागि कानुन अनुसारको रकम हालेर सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने व्यवस्था गरेमा उनीहरुले पेन्सनको रुपमा मासिक ४५ हजार रुपैयाँभन्दा बढी पाउने देखिएको छ ।

सामाजिक सुरक्षा कोषले अनौचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आवद्ध गराउन थालेको छ । कोषमा आवद्ध गराउनको लागि श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम जम्मा गर्नुपर्छ ।

अहिले नेपाल सरकारले श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक मासिक १० हजार ८२० रुपैयाँ तोकेको छ । यसको २०.३७ प्रतिशतले हुन आउने रकम २२ सय ४ रुपैयाँ कोषमा मासिक रुपमा जम्मा गर्नुपर्छ ।

यो २२ सय ४ रुपैयाँमध्ये स्थानीय सरकारले १ हजार १४ रुपैयाँ र बाँकी ११ सय ९१ रुपैयाँ सम्बन्धित श्रमिकको आम्दानीबाट कोषमा रकम जम्मा गर्न सकिन्छ ।

कति आउँछ पेन्सन् ?

धेरैको चासोको विषय पेन्सन रकम मासिक कति पाइन्छ भन्नेमा देखिन्छ । पेन्सन कति पाइन्छ भन्ने जानकारी लिनको लागि कति वर्षको उमेरको मान्छेले मासिक कति रुपैयाँ जम्मा गर्छ र त्यसमा कोषले व्याज कति दिन्छ भन्नेमा निर्भर हुन्छ । यद्यपि, हामीले एउटा हिसाव गरेर मोटामोटी मासिक कति रुपैयाँ पेन्सन पाइन्छ भनेर देखाउने प्रयास गरेका छौं ।

यो हिसावमा हामीले केही आधारहरु लिएका छौं । त्यो आधार भनेको के हो भने कोषमा रकम जम्मा गर्न थाल्ने अनौचारिक क्षेत्रको श्रमिकको उमेर २० वर्षको छ । उसले मासिक १० हजार ८२० रुपैयाँ कमाउँछ । र, उसले अवको ४० वर्ष अर्थात ऊ ६० वर्षको उमेर नहुँदासम्म निरन्तर रुपमा रकम जम्मा गर्छ भनेर यो हिसाव गरिएको छ । साथै, कोषले दिने व्याज वार्षिक ८ प्रतिशत हुन्छ र श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक प्रत्यक २ वर्षमा १२ प्रतिशतका दरले बढ्छ भन्ने पनि यहाँ आधारको रुपमा लिएर हिसाव गरिएको छ ।

यसरी हिसाव गर्दा अहिले मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिक पाउने श्रमिकले अवको ४० वर्षपछि मासिक ४५ हजार ५ सय २६ रुपैयाँ पेन्सन पाउने देखिएको छ । तर, कोही व्यक्ति ४० वर्षको छ र उसले नियमित रुपमा अवको २० वर्ष मात्रै कोषमा रकम जम्मा गर्न थाल्छ भने उसको मासिक पेन्सन ५ हजार ८६१ रुपैयाँ हुन आउँछ । यस्तै, कुनै व्यक्ति ४५ वर्षको छ भने उसले अवको १५ वर्षसम्म मात्रै नियमित रुपमा रकम जम्मा गर्न सक्छ । यस्तो अवस्थाको व्यक्तिले मासिक ३ हजार १४३ रुपैयाँ पेन्सन पाउँछ ।

हिसाव यस्तो छ –

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update