Odapalika - The Fourth Estate - चौथो अंग
हिमालमा हिउँ, पहाडमा पानी, तराईमा कस्तो छ आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ । 

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखी  सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्ज र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ । 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोसमेत विभागले उल्लेख गरेको छ । 

मंगलबार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update