Odapalika - The Fourth Estate - चौथो अंग
युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । हिजोको तुलनामा आज पाउण्डकाे भाउ घटेर आएको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा छ ।  यस्तै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा तथा युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा छ । 

हिजोको तलुनामा युरोको खरिद दर र बिक्री दर दुवै घटेको छ ।  हिजो युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३० पैसा थियो । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update