Odapalika - The Fourth Estate - चौथो अंग
सुवेदीको दसाैँ पुस्तक ‘समृद्धिका आयाम’ सार्वजनिक

काठमाडौं । नेपाल सरकारका सहसचिव नेत्र सुवेदी ‘प्रयास’को ‘समृद्धिका आयाम’ पुस्तक सार्वजनिक भएको छ ।

२८ वर्ष सरकारी सेवामा बिताएका उनले ‘समृद्धिका आयाम’ पुस्तकको नयाँ संस्करण सार्वजनिक गरेका हुन् । हाल सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव सुवेदीको पुस्तकमा ६९ आलेख समावेश छन् ।

२०७८ मा प्रकाशित पुस्तकलाई नयाँ सन्दर्भ र तथ्यांक अद्यावधिक गरी परिमार्जन गरेर पुनः प्रकाशन गरिएको उनले बताए । उनका अनुसार पुस्तकमा मुलुकको समृद्धिका लागि बहुपक्षीय विश्लेषण गरिएको छ । 

उनले पुस्तक लोकसेवा तर्फको सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाका लागि आवश्यक विषयगत ज्ञान, सन्दर्भगत अनुभवहरु र सिर्जनशील सुझावसमेत राखिएको छ । आशिष पुस्तक भण्डारले प्रकाशन तथा वितरणको जिम्मा लिएको यो पुस्तकको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update