Odapalika - The Fourth Estate - चौथो अंग
पहाडी भूभागमा हल्का वर्षा, अन्यत्र मौसम सफा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखिसामान्य बदलीरही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्ज र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । आज  देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

बुधबार राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्ज र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update