Odapalika - The Fourth Estate - चौथो अंग
मकरको खर्च बढी आम्दानी कम, अन्य राशिमा यस्तो छ योग 

आजको पञ्चाङ्ग 

तिथि: पञ्चमी, नक्षत्र: जेष्ठा, करण: बालब, चन्द्रराशि: वृश्चिक, सूर्योदय: ०६ः०६, सूर्यास्त: १७: ३०, दिनमान: २८: २८ घटी, राहुकाल: दिउँसो १:३० देखि ३:०० बजेसम्म । 

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईँको स्वस्थ्यले आज साथ नदेला । अनावश्यक झञ्झटमा परिनेछ । आजको घुमफिर र किनमेलले शरीर थकित हुनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आज पारिवारिक मिलन हुनेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । देखिएका समस्यामा सुधार आउनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

आज बन्धुवर्ग, इष्टमित्र सब विरोधी बन्लान् । खुब सोचविचार गरेर काम गर्नुहोला । यात्राको अवसर मिल्नेछ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

अप्रत्यासित लाभ हुनेछ । तपाईँको बोली बिक्नेछ । गुमेको सामान पाउने सम्भावना देखिन्छ । यात्रा हुने प्रबलता छ । 

सिंह (मा मि मु मे मो टा टि टु)

धन राम्रो क्षोत्रमा उपगोग हुनेछ । परिवारको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा गर्न मित्रले साथ दिनेछन् ।

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईँको पराक्रम सुनेर अरु अचम्मित होलान् । अत्याधिक खर्च हुने देखिन्छ । सबै क्षेत्रमा जस पाउने सम्भावना छ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन रमाइलो यात्रा हुनेछ । कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको आलोचना भने गर्नेछन् ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

लामो यात्रामा निस्किनुपर्र्नेेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्ला । भाग्यले पनि साथ नदेला । धर्मप्रति भने मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

खर्चभन्दा आम्दानी बढी हुनेछ । आत्मविश्वासका साथ गरेको काम सफल हुन्छ । अनावश्यक सोच मनमा आउनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

खर्च प्रशस्तै होला । मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन शत्रुहरु परास्त हुनेछन् । शरीरमा पूmर्ति आउनेछ । नयाँ सामानको खरिद हुनेछ । धर्मतिर मन जानेछ ।                

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update