Odapalika - The Fourth Estate - चौथो अंग
पहाडमा छिटपुट पानी पर्दा देशभरको यस्तो छ मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा भने चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ । 

देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ भने देशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update