Odapalika - The Fourth Estate - चौथो अंग
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी 

काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ । 

समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको किर्तिपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको चुनौति लाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गरेको हो । 

निर्धारित २० ओभरको खेलमा ९ विकेटको  क्षतिमा सिंगापुरले १ सय ४५ रनको बनाएको थियो । नेपालका लागि ओपनर व्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ८ ओभरको सहकार्यमा  उनीहरुले ८४ रनको साझेदारी गरे । 

सिंगापुरले दिएको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ बल खेल्दै ७४  रनको गर्विलो योगदान गरे । 

ओपनिङमा आएका आसिफले २६ बल खेलेर १ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाए । उनलाई सिंगापुरका अक्षय पुरीले आउट गरे । 

तेस्रो नम्बरमा व्याटिङ गर्न मैदान आएका क्याप्टेन रोहित पौडेलले अविजित ३५ को योगदान दिए भने कुशल मल्लले अविजित ६ रन बनाए । 

एसिया छनोटमा एसियाका ८ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update